Kathmandu Press

पाँचवटा प्रदेशका पहाडी भू–भागमा वर्षा

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । बाँकी  भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । 
पाँचवटा प्रदेशका पहाडी भू–भागमा वर्षा

काठमाडौं, बैशाख ५ : स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका केही भागमा वर्षाको सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । बाँकी  भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । उपत्यकालगायत देशका धेरै भू–भागमा तुवाँलोको सम्भावना रहेको छ । विभागले आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेजनाएको छ । बाँकी  भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।
 
प्रकाशित मिति: ०७:२२ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्