Kathmandu Press

भ्रष्टाचार आरोपमा आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्काविरुद्ध पक्राउ पुर्जी जारी

खड्काविरुद्ध २०७५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ६६ लाख रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचार आरोपमा आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्काविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, वैशाख ४ : नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध विशेष अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

गैरकानुनी सम्पत्ति आर्जन गरेको मुद्दामा विशेष अदालतले खड्काविरुद्ध सोमबार पक्राउ पुर्जी जारी गरेको हो।

न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको संयुक्त इजलासले सोमबार खड्कासहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

खड्काविरुद्ध २०७५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ६६ लाख रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

खड्का २०७१ माघमा आयल निगमको कार्यकारी निर्देशक नियुक्त भएका थिए। थुप्रै विवादमा मुछिएपछि २०७४ असोजमा सरकारले उनलाई पदच्युत गरेको थियो।

सुनुवाइका लागि पटक पटक पेशी तोकिए पनि उपस्थित नभएपछि विशेष अदालतले सोमबार उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

प्रकाशित मिति: २१:२७ बजे, सोमबार, वैशाख ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्