Kathmandu Press

संवैधानिक परिषद्को बैठक शुक्रबार बस्ने

आजै मात्र ठूला तीन दलका शीर्ष नेताको बैठकले प्रधानन्यायाधीश चाँडै नियुक्त गर्ने सहमति गरेको थियो। सोही सहमति अनुसार प्रधानमन्त्री दाहालले संवैधानिक परिषद्को बैठक बोलाएका हुन्।
संवैधानिक परिषद्को बैठक शुक्रबार बस्ने

काठमाडौं, वैशाख ४ : प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री दाहालले बैठक शुक्रबार बिहान ९ बजेका लागि बोलाएका हुन्।

बैठक बालुवाटारमा बस्ने बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सक्ने छ।

आजै मात्र ठूला तीन दलका शीर्ष नेताको बैठकले प्रधानन्यायाधीश चाँडै नियुक्त गर्ने सहमति गरेको थियो। सोही सहमति अनुसार प्रधानमन्त्री दाहालले संवैधानिक परिषद्को बैठक बोलाएका हुन्।

गत २७ मंसिरमा चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा पाएपछि सर्वोच्च अदालत कामुको भरमा चलेको छ। सर्वोेच्च अदालत लामो समय कामुको भरमा चलेको भन्दै प्रधानन्यायाधीश छिटो नियुक्त गर्न सरकारमाथि दबाब पर्दै आएको छ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन् । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि बस्ने संवैधानिक परिषदको बैठकमा भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सदस्य रहनेछन् ।

प्रकाशित मिति: २१:११ बजे, सोमबार, वैशाख ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्