Kathmandu Press

कांग्रेस नेता राणाले भने– स्वर्णिम वाग्लेले कांग्रेसबाट फाइदा मात्र लिएका छन्

स्वर्णिम वाग्लेमा अवसरवादी चरित्र भएको आरोप उनले लगाए । उनले पार्टी प्रतिपक्षमा हुँदा विदेश जाने र पार्टीमा सरकारमा हुँला नियुक्तिका लागि टुप्लुक्क नेपाल आइपुग्ने गरेको बताए।
कांग्रेस नेता राणाले भने– स्वर्णिम वाग्लेले कांग्रेसबाट फाइदा मात्र लिएका छन्
फाइल तस्बिर ।

तनहुँ, वैशाख ४ : नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले कांग्रेसबाट स्वर्णिम वाग्लेले फाइदा मात्र लिएको बताएका छन्। तनहुँको दमौलीमा चुनावी सभालाई सम्बोधन गर्दैै नेता राणाले अहिले थप अवसरका लागि पार्टी छोडेको बताए।

कांग्रेस सरकारमा हुँदा वाग्ले नेपाल आएर फाइदा लिने र सरकारबाट कांग्रेस बाहिरिएपछि फेरि विदेश जाने गरेको राणाले बताए ।

 ‘उहाँ कांग्रेसबाट धेरै फाइदा लिने व्यक्तिमा पर्नुुहुन्छ, सुशील कोइराला प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको सदस्य बन्नुभयो, शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा आयोगको उपाध्यक्ष नै बन्नुभयो । देश फर्किएको तीन महिनामै उहाँलाई प्रधानमन्त्री देउवाले आयोगको उपाध्यक्ष बनाउनुभएको थियो,’ उनले भने, ‘तर उनले नै अहिले भने पार्टी सभापतिलाई दोषारोपण गरेर पार्टी छोड्नुभएको छ।’

स्वर्णिम वाग्लेमा अवसरवादी चरित्र भएको आरोप उनले लगाए । उनले पार्टी प्रतिपक्षमा हुँदा विदेश जाने र पार्टीमा सरकारमा हुँला नियुक्तिका लागि टुप्लुक्क नेपाल आइपुग्ने गरेको बताए।

कांग्रेसमा विदेश पढेर आएका धेरै नेताहरु भएको उल्लेख गर्दै आफूहरु पनि विदेशमै पढेर आएको तर अवसर नपाउँदा पनि देशमै बसी पार्टीको संगठन गर्ने गरेको सांसद राणाको भनाइ थियो।

नेता राणाले गोविन्द भट्टराई नेपालका समकालीन नेताहरुमध्ये राजनीतिमा अवसर नपाएका नेतामा पर्ने दाबी गरे। उनले भने, ‘नेविसंघमा उहाँपछि अध्यक्ष भएका सबैले अवसर पाए, तर ३० वर्षदेखि गोविन्द भट्टराई निरन्तर राजनीतिमा हुनुहुन्छ, यसपालि बल्ल टिकट पाउनुभयो।’

उनले ३० वर्षपछि अवसर पाएका गोविन्दलाई जिताएर पठाउनु पर्ने बताए । उनले भट्टराईको जित राष्ट्रपतिको सम्मान भएको बताए ।

वैशाख १० गते हुन् उपनिर्वाचनमा तनहुँ १मा नेपाली कांग्रेसका तर्फबाट गोविन्द भट्टराई उम्मेदवार छन्, वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदावार बनेका छन्।

प्रकाशित मिति: २१:०५ बजे, सोमबार, वैशाख ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्