Kathmandu Press

भ्यालेन्सियासँग हार्‍यो बार्सिलोना

काठमाडौं, माघ १२ : स्पानिस जाइन्ट बार्सिलोना ला लिगामा भ्यालेन्सियासँग पराजित भएको छ।

गएराति भ्यालेन्सियाको मैदानमा भएको खेलमा बार्सिलोना घर....

भ्यालेन्सियासँग हार्‍यो बार्सिलोना

काठमाडौं, माघ १२ : स्पानिस जाइन्ट बार्सिलोना ला लिगामा भ्यालेन्सियासँग पराजित भएको छ।

गएराति भ्यालेन्सियाको मैदानमा भएको खेलमा बार्सिलोना घरेलु टोलीसँग २–० ले स्तब्ध भयो। भ्यालेन्सियाको जितमा म्याक्सी गोमेजले दुवै गोल गरे।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। पहिलो हाफमै भ्यालेन्सियाले अग्रता लिने सुनौलो अवसर गुमाएको थियो। जेरार्ड पिकेले जेसे गायालाई डिबक्समा लडाएपछि भ्यालेन्सियाले पेनाल्टी पाएको थियो। तर, गोमेजको सो प्रहार बार्सिलोनाका किपर मार्क आन्द्रे टेरस्टेगनले बचाए।

दोस्रो हाफको सुरुआतमै भ्यालेन्सियाले अग्रता लियो। ४८औं मिनेटमा गोमेजले गोल गरेका थिए। ७७औं मिनेटमा फेरान टोरेसको पासमा गोमेजले गोल थप्दै भ्यालेन्सिायको अग्रता दोब्बर बनाए। त्यसपछि खेलमा गोल हुन नसक्दा बार्सिलोना २-० ले पारजित भयो।

खेलमा बार्सिलोनाले केही राम्रा अवसर खेर फालेको थियो। उसका लियोनल मेसीका चार उत्कृष्ट प्रहार भ्यालेन्सियाका किपरले रोकेका थिए।

प्रशिक्षक क्वेक सेटिनको बार्सिलोनामा यो पहिलो हार हो। सेटिनको डेब्यू खेलमा भने बार्सिलोना विजयी भएको थियो।

हारपछि पनि बार्सिलोना शीर्ष स्थानमै छ। उसको २१ खेलमा ४३ अंक छ भने २० खेलमा ४३ अंक नै जोडेको रियल मड्रिड दोस्रो स्थानमा छ। समान ३५ अंक जोडेका एट्लेटिको मड्रिड र सेभिया क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने भ्यालेन्यिसा ३४ अंकका साथ पाचौँ स्थानमा छ।

 

प्रकाशित मिति: १०:५६ बजे, आइतबार, माघ १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्