Kathmandu Press

ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख

घरमै आराम गरिरहेका अध्यक्ष ओलीको उपचार निजी चिकित्सक डा. दिव्यासिंह शाहले गरिरहेका छन्।
ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडाैं, वैशाख ४ : एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनी प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए।

घरमै आराम गरिरहेका अध्यक्ष ओलीको उपचार निजी चिकित्सक डा. दिव्यासिंह शाहले गरिरहेका छन्। 'उहाँको स्वास्थ्य अवस्था हिजोभन्दा सुधारोन्मुख भइरहेको छ,' प्रेस संयोजक बजगाईंले भन्नुभयो, 'भाइरल ज्वरो भएकाले सिटामोल खाइरहनुभएको छ।'

हिजो पार्टी अध्यक्ष ओलीलाई भाइरल ज्वरोका कारणले स्वास्थ्यमा समस्या आएको थियो।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरेले ओली निवास बालकोटमा पुगी स्वास्थ्य लाभको कामना गरेका थिए।

प्रकाशित मिति: १७:४२ बजे, सोमबार, वैशाख ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्