मिटरब्याजपीडित र प्रहरीबीच शान्तिवाटिकामा झडप
शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार केन्द्रित प्रदर्शन गर्ने तयारीका साथ ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरीले हस्तक्षेप गरेकाे थियाे। साेही क्रममा झडप भएको हो।
काठमाडौं, वैशाख ४ : मिटरब्याजपीडित र प्रहरीबीच साेमबार दिउँसो काठमाडौंको शान्तिवाटिकामा झडप भएको छ।
शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार केन्द्रित प्रदर्शन गर्ने तयारीका साथ ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरीले हस्तक्षेप गरेकाे थियाे। साेही क्रममा झडप भएको हो।
झडपमा परी ५ मिटरब्याजपीडित घाइते भएकाे बताइएकाे छ। केही प्रहरी पनि घाइते भएका छन्। घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। केही मिटरब्याजपीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले प्रदर्शनलाई लखेट्न पानीको फोहोरा लाठी हानेको जनाइएकाे छ।
सरकारले मिटरब्याज पीडितको एउटा समूहसँग चैत १८ पाँच बुँदे सहमति गरे पनि अर्को समूह काठमाडौंमा आन्दोलनरत छ।
११ बजेदेखि प्रमुख सरकारी निकायका कार्यालयमा शान्तिपूर्ण आन्दोलन गर्ने तयारी पनि प्रहरीले शान्तिबाटिका घेरेर बसेको र बाहिरबाट ताला लगाइदिएको मिटरब्याजी तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समिति रौतहटका अध्यक्ष शिवशंकर महतोले बताए। १ बजेसम्म नखोलेपछि झडप भएको उनले बताए।

-1784896419.png)