रविका चालक छतबाट खसेको घटना : महामन्त्री मुकुलका चालक नियन्त्रणमा
सभापति रवि लामिछानेको सवारीचालक दिलबहादुर थापा छतबाट खसेको घटनाको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
चितवन, वैशाख ४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालका चालक कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सभापति रवि लामिछानेको सवारीचालक दिलबहादुर थापा छतबाट खसेको घटनाको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
लामिछानेका चालक थापा र ढकालका चालक राजवंशी सँगै सुतेका थिए। थापा कसरी छतबाट खसे भन्ने बारेमा पत्ता लगाउन घटनाको अनुसन्धान भइरहेको जनाइएको छ।
भरतपुर महानगरपालिका–११ स्थित लामिछानेको भाडाको घरको तेस्रो तलाबाट बिहान करिब ४ बजेतिर थापा खसेको सिसिटिभी फुटेजमा देखिन्छ। सोमबार विहान भरतपुरका विभिन्न स्थानमा चुनाव प्रचार कार्यक्रममा सहभागी रवि लामिछानेले भने अहिलेसम्म घटनाबारेमा केही बताएका छैनन्।
चालक थापाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा टाउकोको शल्यक्रिया गरिएको छ। शल्यक्रियापछि थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको र उनको अवस्था स्थिर रहेको जनाइएको छ।

-1784896419.png)









