योग्यताक्रमविपरीतको भर्ना प्रक्रियाविरुद्ध चिकित्सकद्वारा प्रदर्शन (तस्बिरहरू)
चिकित्सा शिक्षा आयोगले सर्वोच्चको आदेश अवज्ञा गरेको र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रमविपरीतको भर्ना प्रक्रिया सुरु गरेको भन्दै उनीहरुले सोमबार माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्।
काठमाडौं, वैशाख ४ : चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रमविपरीतको भर्ना प्रक्रियाविरुद्ध चिकित्सकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।
चिकित्सा शिक्षा आयोगले सर्वोच्चको आदेश अवज्ञा गरेको र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रमविपरीतको भर्ना प्रक्रिया सुरु गरेको भन्दै उनीहरुले सोमबार माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्।
बढी अंक ल्याएका विद्यार्थीहरुलाई छात्रवृत्ति नदिने तथा योग्यता र प्राथमिकताको आधारमा आफूले चाहेको विषय र अध्ययन संस्थामा अध्ययन गर्नबाट वञ्चित हुने अवस्थामा पुराएको उनीहरुको गुनासो छ।
प्रदर्शनमा सहभागीहरुले 'न्यायापालिका भन्दा ठूलो कार्यपालिका कसरी भयो?', 'मेरिट मिच्न पाइँदैन', 'अस्पतालमा डाक्टर खै?' लगाoतका प्लेकार्ड देखाएका थिए।

प्रकाशित मिति: १४:०५ बजे, सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)