भट्टराईलाई जिताउन समाजवादीका नेता तथा सांसद श्रेष्ठ दमौलीमा
उनलाई सघाउन नेपाली कांग्रेसलगायत गठबन्धन दलका केन्द्रीय स्तरका नेताहरू तनहुँ आइरहेका छन्। नेताहरुको आवागमनले तनहुँ १ को उपनिर्वाचन रोचक बनेको छ।
दमौली, वैशाख ४ : तनहुँ १ मा चुनावी सरगर्मी बढेको छ।यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार रहेका कांग्रेस नेता गोविन्द भट्टराई जोडतोडका साथ चुनावी अभियानमा जुटेका छन्।
उनलाई सघाउन नेपाली कांग्रेसलगायत गठबन्धन दलका केन्द्रीय स्तरका नेताहरू तनहुँ आइरहेका छन्। नेताहरुको आवागमनले तनहुँ १ को उपनिर्वाचन रोचक बनेको छ। भट्टराईको चुनावी प्रचारका लागि नेकपा एकीकृत समाजवादीका नेता तथा प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) आइतबार दमौली आएका छन्। पार्टीले गठबन्धनका उम्मेदवार भट्टराईलाई जिताउन जिम्मेवारी दिएर खटाएअनुसार तनहुँ आएको श्रेष्ठले जानकारी दिए।
‘म अब चुनाव सम्म तनहुँ बस्छु र त्यसविचमा तनहुँका धेरै ठाउँमा पुग्छु,’ सांसद श्रेष्ठले भने। गठबन्धनका उम्मेदवार र अन्य दलका उम्मेदवारलाई श्रेष्ठले 'घर साङ्ले र वन साङ्ले'को संज्ञा दिँदै भट्टराईले जित्ने दाबी गरे। श्रेष्ठ तनहुँ क्षेत्र नं १ का निर्वमान सांसद श्रेष्ठ हाल बाराबाट निर्वाचित सांसद हुन्।

-1784896419.png)









