Kathmandu Press

ओलीलाई भेट्न बालकोट पुगे दहाल, देउवा र सभामुख घिमिरे

शीर्ष तीन नेतासहित सभामुखबीचको यो भेटमा संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयक अगाडि बढाउने विषयमा छलफल हुने बताइएको छ।
ओलीलाई भेट्न बालकोट पुगे दहाल, देउवा र सभामुख घिमिरे

काठमाडौं, वैशाख ४ : एमाले अध्यक्ष केपी ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन्।

भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका ओलीलाई भेट्न उनीहरू सोमबार बिहान बालकोटस्थित ओली निवास पुगेका हुन्।

शीर्ष तीन नेतासहित सभामुखबीचको यो भेटमा संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयक अगाडि बढाउने विषयमा छलफल हुने बताइएको छ।

एमाले अध्यक्ष ओलीको स्वास्थ्य समस्याका कारण संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे शीर्ष तहमा छलफल हुन नसकेकाले आज बालकोटमै गएर ती विधेयक अघि बढाउनेबारे छलफल हुन लागेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

प्रकाशित मिति: १०:३९ बजे, सोमबार, वैशाख ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्