Kathmandu Press

रविका चालक ३ तलामाथिबाट खसे, अवस्था गम्भीर

गम्भीर घाइते थापाको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। उनको टाउको र खुट्टामा चोट लागेको छ।
रविका चालक ३ तलामाथिबाट खसे, अवस्था गम्भीर

चितवन, वैशाख ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक चितवनको भरतपुरस्थित घरको तीन तला माथिबाट तल खस्दा गम्भीर घाइते भएका छन्।

सोमबार बिहान ४ बजेतिर भरतपुर–११ स्थितमा लामिछानेको घरको छतबाट खस्दा चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भनिने दिलबहादुर थापा गम्भीर घाइते भएका हुन्।

गम्भीर घाइते थापाको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। उनको टाउको र खुट्टामा चोट लागेको छ।

तेस्रो तलामा पार्टीका प्रवक्ता मुकुल ढकाल, उनका सवारी चालक र लामिछानेका सवारी चालक दिलबहादुर सुतेका थिए।

लामिछानेलाई लिएर थापा आइतबार तनहुँको दमौली पुगेका थिए भने आज बारा जाने कार्यक्रम थियो । बिहान भरतपुरका विभिन्न स्थानमा घरदैलो गर्ने कार्यक्रम थियो ।

प्रकाशित मिति: ०९:०१ बजे, सोमबार, वैशाख ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्