Kathmandu Press

आज बालकोटमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता हुने

संसदमा विधेयक अगाडि बढाउनेबारे आज बिहान ९ बजे उनीहरुबीच ओली निवा बालकोटमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको हो ।
आज बालकोटमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता हुने

काठमाडौं, वैशाख ४ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज छलफल हुने भएको छ।

संसदमा विधेयक अगाडि बढाउनेबारे आज बिहान ९ बजे उनीहरुबीच ओली निवा बालकोटमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि घरमै आराम गरिरहेका ओलीलाई बालकोट पुगेर ओलीको स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने कार्यसूची रहेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैलै आह्वान बालकोटमा आइतबारका लागि बोलाएको बैठकमा गएका थिएनन्। प्रचण्ड नगएपछि एमाले असन्तुष्ट बनेको छ।   

विगत केही दिनदेखि संबैधानिक परिषद् सम्बन्धि विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउन शीर्ष नेताबीच छलफल भइरहेको छ।  

प्रकाशित मिति: ०८:१० बजे, सोमबार, वैशाख ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्