निर्माणकार्य राति ८ बजेपछि गर्न महानगरको आग्रह
“सडकपेटी क्षेत्रमा निर्माण सामग्री खसाली सडक अवरोध वा सडकपेटीमा धूलो पोहोर राख्न वा छोड्न पाइने छैन,” महानगरले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “कुनै पनि सार्वजनिक निकायले सडक पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा त्यस्तो क्षेत्रमा निर्माणस्थल संकेतसहित छेकबार लगाउनुपर्नेछ ।”
काठमाडौं, वैशाख ४ : काठमाडौं महानगरपालिकाभित्र पूर्वाधार निर्माण तथा मर्मत गर्दा व्यवस्थित र सुरक्षित तवरले गर्न आग्रह गरेको छ ।
“सडकपेटी क्षेत्रमा निर्माण सामग्री खसाली सडक अवरोध वा सडकपेटीमा धूलो पोहोर राख्न वा छोड्न पाइने छैन,” महानगरले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “कुनै पनि सार्वजनिक निकायले सडक पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा त्यस्तो क्षेत्रमा निर्माणस्थल संकेतसहित छेकबार लगाउनुपर्नेछ ।”
सार्वजनिक निकायले महानगर क्षेत्रभित्र सञ्चालन गर्ने पूर्वाधार निर्माण मर्मत कार्य सकेसमम रातिको ८ बजेपछि मात्र गर्नरगराउन प्रबन्ध मिलाउन आग्रह गरेको छ ।
निर्माणस्थलमा घेरावार नलगाई वा संकेत क्षेत्र निर्धारण नगरी राखिएका कुनै पनि निर्माण सामग्री वा उपकरण महानगरपालिकाले जुनसुकै समय जफत गर्न सक्नेछ ।
प्रकाशित मिति: ०७:२२ बजे, सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)