Kathmandu Press

परराष्ट्रमन्त्री साउदसँग भारतीय राजदूतको भेट

मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री साउदसँग भारतीय राजदूतको भेट

काठमाडौं, वैशाख ३ : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गरेका छन्।

मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटमा मन्त्री साउदले नेपाल–भारतबीच सदियौंदेखि सौहार्द्रपूर्ण मैत्री सम्बन्ध रहिआएको उल्लेख गर्दै आगामी दिन थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे।

राजदूत श्रीवास्तवले मन्त्री साउदलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए।  मन्त्री साउदले आजै मात्र पदभार सम्हालेका हुन्।

प्रकाशित मिति: २१:०० बजे, आइतबार, वैशाख ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्