उपनिर्वाचनमा नेपाली सेना परिचान गरिने
वैशाख १० गते हुने उपनिर्वाचनमा शान्तिपूर्ण र भयसहित बनाउन राष्ट्रपति रामचन्द्र पौडेल सेना परिचालनका लागि स्वीकृति दिएका छन्।
काठमाडौं, वैशाख ३ : आसन्न प्रतिनिधिसभाको उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गरिने भएको छ।
वैशाख १० गते हुने उपनिर्वाचनमा शान्तिपूर्ण र भयसहित बनाउन राष्ट्रपति रामचन्द्र पौडेल सेना परिचालनका लागि स्वीकृति दिएका छन्। राष्ट्रपति पौडेलले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको अनुमति दिएका हुन्।
‘एकीकृत सुरक्षा कार्य योजना, २०७९ मा व्यवस्था भएअनुसार सुरक्षा निकायबीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७२/१२/२८ को सिफारिसका आधारमा मन्त्रिपरिषद्को मिति २०७१/१२/२८ को निर्णय तथा प्रधानमन्त्रीको मिति २०७१/१२/३० को पत्रको आधारमा वैशाख १० गते हुने उपनिर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

-1784896419.png)









