Kathmandu Press

इनरुवामा लघुवित्त पीडित र प्रहरीबीच झडप

लघुवित्त पीडितले बन्द गरेको सडक खुलाउने क्रममा दुवै पक्षबीच झडप भएको हो। आइतबार लघुवित्त पीडितले ३ घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए।
इनरुवामा लघुवित्त पीडित र प्रहरीबीच झडप

सुनसरी, वैशाख ३ : सुनसरी सदरमुकाम इनरुवामा लघुवित्त पीडित र  प्रहरीबीच झडप भएको छ। लघुवित्तका विरोधमा प्रदर्शनका क्रममा पीडित र प्रहरीबीच आइतार झडप भएको हो।

लघुवित्त पीडितले बन्द गरेको सडक खुलाउने क्रममा दुवै पक्षबीच झडप भएको हो। आइतबार लघुवित्त पीडितले ३ घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए।

यातायात सञ्चालनमा अवरोध नगरी आन्दोलन गर्न प्रहरीले गरेको आक्रमह नमाग्दा प्रहरीले लाठी चार्च गरेर अवरोध खुलाएको थियो। सोही क्रममा भएको झडपमा केही घाइते भएका छन् ।

सडकमा सुतेर आन्दोलन गरिरहेका पीडितमाथि प्रहरीले लाडी चार्ज गरेपछि पीडितले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए। आन्दोलनका कारण दिनभर राजमार्ग अवरुद्ध भयो।

प्रकाशित मिति: १९:१५ बजे, आइतबार, वैशाख ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्