नेकपा एसकी नन्दा चपाईं बनिन् भौतिक पूर्वाधार राज्यमन्त्री
आज प्रधानमन्त्री दाहालले आठौंपटक मन्त्रिपरिषदको विस्तार गर्दा परराष्ट्रमन्त्री एनपी साउदसँगै राष्ट्रियसभा सदस्य रहेकी उनलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।
काठमाडाैं, वैशाख ३ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) की नन्दा चपाईंले भौतिक पूर्वाधार राज्यमन्त्रीको शपथ लिएकी छन्।
राष्ट्रपति कार्यालयमा आज (आइतबार) आयोजित शपथ समारोहमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
आज प्रधानमन्त्री दाहालले आठौंपटक मन्त्रिपरिषदको विस्तार गर्दा परराष्ट्रमन्त्री एनपी साउदसँगै राष्ट्रियसभा सदस्य रहेकी उनलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।
भागबन्डाका क्रममा नेकपा एसले दुई मन्त्री र एक राज्यमन्त्री पाएको थियो। यसअघि नेकपा एसबाट कृषिमन्त्रीमा वेदुराम भुसाल र भौतिक पूर्वाधारमन्त्रीमा प्रकाश ज्वालाले जिम्मेवारी पाइसकेका छन्।
प्रकाशित मिति: १७:२४ बजे, आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)