सुरक्षण मुद्रणका कार्यकारी निर्देशक पौडेलसहित नौजनाविरुद्ध ६९ करोड भ्रष्टाचारको मुद्दा
उनीहरूले गैरकानुनी लाभ तथा हानि पुर्याई ६९ करोड आठ लाख ८१ हजार आठ सय ५४ रुपैयाँ भ्रष्टाचार गरेको दाबी अख्तियारको छ।
काठमाडौं, वैशाख ३ : सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौजनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
केन्द्रका कार्यकारी निर्देशक पौडेल, सीडीई, इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालि, मेपटेक विल्डिङ सर्भिसेस प्रालि, परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका निर्देशकसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
उनीहरूले गैरकानुनी लाभ तथा हानि पुर्याई ६९ करोड आठ लाख ८१ हजार आठ सय ५४ रुपैयाँ भ्रष्टाचार गरेको दाबी अख्तियारको छ।
अभियुक्त विरुद्ध फरक–फरक बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप विगो असुली, जरिवाना र जेल सजायको माग अख्तियारले गरेको छ।
प्रकाशित मिति: १७:०६ बजे, आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









