नवनियुक्त परराष्ट्रमन्त्री साउदले भने- प्रधानमन्त्रीको भारत भ्रमणको तयारी थाल्छु
उनले छिमेकीलगायत विश्वभरकै देशसँगको सम्बन्धलाई प्रगाढ बनाउँदै लैजाने बताए।
काठमाडौं, वैशाख ३ : नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी थालिहाल्ने बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री साउदले आइतबार नै सिंहदरबार पुगेर पदभार ग्रहण गर्नेक्रममा त्यस्तो बताएका हुन्। उनले प्रधानमन्त्रीको भारत भ्रमणका विषय लगायतका विषयमा सचिवहरुसँग जानकारी लिने बताए। उनले छिमेकीलगायत विश्वभरकै देशसँगको सम्बन्धलाई प्रगाढ बनाउँदै लैजाने बताए।
साउद कञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त हुनुभएकी नेकपा एकीकृत समाजवादी पार्टीका राष्ट्रियसभा सदस्य नन्दा चापाईले पनि आइतबार नै पद तथा गोपिनीयताको सपथ लिनुभएको छ ।
पत्रकारले प्रधानमन्त्रीको भारत भ्रमणबारे सोधेको प्रश्नको जवाफमा उनले भने, ‘हामी छलफल अगाडि बढाउछौं । भर्खरै म कार्यालय आएको छु, त्यसमा संलग्न कर्मचारीसँग ब्रिफिङ लिएर अगाडि बढाउँछु।’
मन्त्री साउदले नेपाल शान्तिपूर्ण मुलुक रहेको र संसारका सबै देशसँग सुमधुर सम्बन्ध रहेको बताए।

-1784896419.png)









