Kathmandu Press

उपनिर्वाचनपछि सरकारले पूर्णता पाउँछ : कांग्रेस नेता परियार

मन्त्री चयनका विषयमा कांग्रेसभित्र कुनै विवाद नभएको बताउँदै उनले पार्टी सभापतिले प्रधानमन्त्रीसँग आवश्यक कुराकानी गरिरहेको जिकिर गरे।
उपनिर्वाचनपछि सरकारले पूर्णता पाउँछ : कांग्रेस नेता परियार

काठमाडाैं, वैशाख ३ : नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले वैशाख १० गतेमा हुने उपनिर्वाचनपछि वर्तमान सरकारले पूर्णता पाउने बताएका छन्।

आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले दलहरूबीच आपसी छलफल भइरहेको र वैशाख १० गतेपछि वर्तमान सरकारले पूर्णता पाउने बताए।

मन्त्री चयनका विषयमा कांग्रेसभित्र कुनै विवाद नभएको बताउँदै उनले पार्टी सभापतिले प्रधानमन्त्रीसँग आवश्यक कुराकानी गरिरहेको जिकिर गरे। उनले दलहरुबीच भएको सहमति अनुसार वर्तमान सरकार पुरै कार्यकाल सञ्चालन हुने पनि बताए।

फरक प्रसंगमा उहाले रास्वपाका सांसदलाई दलले छानविन वा कारबाही गर्नु नौलो नभएको र कुनै व्यक्तिमाथि आरोप लागेपछि कारवाही गर्ने अधिकार दललाई रहेको पनि बताए।

 

प्रकाशित मिति: १५:५९ बजे, आइतबार, वैशाख ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्