Kathmandu Press

समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्नु सकारात्मक : देवेन्द्र पौडेल

आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै आफु शिक्षा मन्त्री हुँदा छपाइ गर्ने मेशिन, कागजलगायतका सामग्री समयमा नै व्यवस्थापन गर्न ध्यान केन्द्रित गरेकाले अहिले समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्न सफल भएको र त्यो सकारात्मक भएको बताएका हुन्।
समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्नु सकारात्मक : देवेन्द्र पौडेल

काठमाडाैं, वैशाख ३ : नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वशिक्षा मन्त्री देवेन्द्र पौडेलले यस वर्ष समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्नु सकारात्मक भएको बताएका छन्।

आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै आफु शिक्षा मन्त्री हुँदा छपाइ गर्ने मेशिन, कागजलगायतका सामग्री समयमा नै व्यवस्थापन गर्न ध्यान केन्द्रित गरेकाले अहिले समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्न सफल भएको र त्यो सकारात्मक भएको बताएका हुन्।

उहाले तत्कालिन अवस्थामा चार वटा नयाँ मेसिन किनेको र प्रशासनिक सुधारका साथै ढुवानीको समस्या समाधान गरिएको दाबी गरे।

१० वर्षमा नेपालको शिक्षालाई गुणात्मक सुधारका लागि चालिएका कदमलाई अघि बढाउन सके नेपालको शिक्षा विश्वस्तरकै हुने उनले बताए।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार देखि नै देशभरका २७ हजार ८१२ सामुदायिक विद्यालयमा ‘समयमै भर्ना, समयमै ज्ञान; गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ वैशाख १५ गतेसम्मलाई  विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेको छ।

प्रकाशित मिति: १५:२७ बजे, आइतबार, वैशाख ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्