वर्तमान सरकारसँग संसद चलाउने योजना नै छैन : याेगेश भट्टराई
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले संसदलाई सरकारले बिजनेस दिने भएपनि अहिलेको सरकारसँग संसद चलाउने योजना नै नरहेको आरोप लगाएका हुन्।
काठमाडाैं, वैशाख ३ : नेकपा एमालेका नेता योगेश भट्टराईले वर्तमान सरकारसँग संसद चलाउने योजना नै नरहेको आरोप लगाएका छन्।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले संसदलाई सरकारले बिजनेस दिने भएपनि अहिलेको सरकारसँग संसद चलाउने योजना नै नरहेको आरोप लगाएका हुन्।
उनले संक्रमणकालीन न्यायसंग सम्बन्धीत विषयलाई पनि सदनमा नल्याई बाहिरैबाहिरैबाट टुङ्ग्याउन खोजिएको बताए।
शान्तिप्रक्रिया प्रचण्डको मागिखाने भाडो मात्रै भएको भन्दै उनले सरकारमा गएपछि यसलाई प्रचण्डले प्राथमिकता दिन नसकेको जिकिर गरे।
उनले बिभिन्न ऐनहरु अघि वढ्न नसक्दा प्रशासनिक संयन्त्रलाई अप्ठेरो अवस्थामा परेको र सरकार उत्तरदायी नदेखिएको धारणा राखे।
प्रकाशित मिति: १५:२० बजे, आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)