काठमाडौं विश्वकै प्रदूषित सहर
संसारका प्रमुख सय शहरमध्ये काठमाडौंको वायु सबैभन्दा बढी प्रदूषित अवस्थामा पुगेको तथ्य स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरले उजागर गरेको हो। जस अनुसार बिहीबारदेखि काठमाडौंको वायु अस्वस्थकर तहमा पुगेको छ।
काठमाडौं, वैशाख ३ : काठमाडौंको वायु संसारकै प्रदूषित अवस्थामा पुगेको तथ्य सार्वजनिक भएको छ।
संसारका प्रमुख सय शहरमध्ये काठमाडौंको वायु सबैभन्दा बढी प्रदूषित अवस्थामा पुगेको तथ्य स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरले उजागर गरेको हो। जस अनुसार बिहीबारदेखि काठमाडौंको वायु अस्वस्थकर तहमा पुगेको छ।
बिहीबार १७४ एक्यूआई रहेको काठमाडौंको वायु प्रदूषणको अवस्थामा हाल १९४ एक्यूआईमा पुगेको छ। अहिले भक्तपुर क्षेत्रमा बढी वायुप्रदूषण छ।
वायु प्रदूषणको जाँच आँखाले देख्न नसकिने पीएम १० र पीएम २.५ को मापदण्डमा जाँचिन्छ। पीएम १० भनेको हावामा आउने धुलोमा मिसिने कणहरुसँग सम्बन्धित छ भने पीएम २.५ भनेको कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड जस्ता हानिकारक ग्यासहरुसँग सम्बन्धित छ।
अहिले काठमाडौंको हावामा यस्ता विषाक्त ग्यासको मात्रा उच्च देखिएको छ। यसैविच वातवरण विभागले वायु प्रदूषणको नकारात्मक असरबाट जोगिन सार्वजनिक अपील नै गरेको छ।

-1784896419.png)