Kathmandu Press

सेती खोंच वरपर तारबार लगाउन सांसद भट्टराईको माग 

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै भट्टराईले उक्त कुरा बताएकी हुन्। सेती नदीको खोँचमा परेर वर्षौँ मानिसहरुले ज्यान गुमाउन परेको भनाई भट्टराईको थियो।
सेती खोंच वरपर तारबार लगाउन सांसद भट्टराईको माग 

काठमाडौं, वैशाख ३ : एमालेकी सांसद विद्या भट्टराईले सेती खोंच वरपर तारबार लगाउन सरकारको ध्यानाकर्षण गराएकी छन्। 

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै भट्टराईले उक्त कुरा बताएकी हुन्। सेती नदीको खोँचमा परेर वर्षौँ मानिसहरुले ज्यान गुमाउन परेको भनाई भट्टराईको थियो।

खोंचमा पर्नबाट ज्यान जोगाउन तारबार लगाउन सरकारसँग भट्टराईको माग छ। शनिबार पोखरा–१५ स्थित सीताराम पुलनेरको चिरा परेको जमिनमा पर्दा एक बालिकाको ज्यान गएको थियो। स्थानीय १२ वर्षीया स्मृति पराजुली खोंचमा खसेकी थिइन्।

सेती नदीले निकट भविष्यमा जुनसुकै खालका जोखिम पुर्याउने खतरा भूगर्वविद्हरूले औंल्याएको बिषयमा पनि उनले सरकारको ध्यानाकर्षण गराइन्।

विज्ञका सुझावअनुसार तत्काल तारबार लगाइनुपर्ने उनको भनाई थियो।यस्तै सुक्खा पहिरो नियन्त्रणका लागि विज्ञहरुले भनेझैँ चेकड्याम निर्माणका लागि योजना सञ्चालन गर्न पनि उनले माग गरिन्। 

प्रतिनिधि सभा वैठकमा भट्टराईले भनिन्, ‘दुःखद् घटना हुँदा हामी केही संवेदनशील बन्छौं। जब पुरानो हुँदै जान्छ, हामी बिर्सदैँ जान्छौं। सेती नदीलाई संरक्षण गर्नका लागि योजना बनाउने विषयमा पटकपटक संसदमा आवाज उठे पनि सरकारले ध्यान दिएको छैन।’ 
 

प्रकाशित मिति: १४:२८ बजे, आइतबार, वैशाख ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्