Kathmandu Press

संसदमा रघुजी पन्तकाे व्यंग्य- प्रधानमन्त्री हराएको सूचना

आइतबारको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री अनुपस्थितिलाई लिएर व्यंग्यात्मक रूपमा ‘प्रधानमन्त्री हराएको सूचना’ सुनाए।
संसदमा रघुजी पन्तकाे व्यंग्य- प्रधानमन्त्री हराएको सूचना

काठमाडौं, वैशाख ३ : एमाले सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालको अनुपस्थितिलाई लिएर व्यंग्य गरेका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री अनुपस्थितिलाई लिएर व्यंग्यात्मक रूपमा ‘प्रधानमन्त्री हराएको सूचना’ सुनाए।

‘मानिस हराएको सूचना’ कै शैलीमा उनले प्रधानमन्त्री हराएको सूचना पढेर सुनाएका थिए।
उनले भने,

प्रधानमन्त्री हराएको सूचना सुनाउँदै उनले भने–

नागरिकताको नाम : श्री पुष्पकमल दाहाल

चलन चल्तीको नाम : प्रचण्ड

स्थायी ठेगाना : फेरिराख्ने

अस्थायी ठेगाना : कहिले खुमलटार, कहिले बालुवाटार ।

हुलिया : पहिले पहिले कोट पाइन्ट लगाउने गरेपनि हाल दौरासुरुवाल र टोपी लगाउने

उमेर : ६५ नाघेको ७० नपुगेको जस्तो देखिने

उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला। उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाउ।’

प्रकाशित मिति: १४:०३ बजे, आइतबार, वैशाख ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्