प्रधानमन्त्रीलाई ठाकुर गैरेकाे प्रश्न- अहिलेको व्यवस्था कसले उल्ट्याउन खोज्याे?
आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले पार्टी कार्यालयमा यो (व्यवस्था) उल्टिन लाग्यो भनेर दिन खोजिएको सन्देश के हो भनी प्रश्न गरेका हुन्।
काठमाडौं, वैशाख ३ : एमाले नेता ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई अहिलेको व्यवस्था कसले उल्ट्याउन खोजेको हो भनी प्रश्न गरेका छन्।
आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले पार्टी कार्यालयमा यो (व्यवस्था) उल्टिन लाग्यो भनेर दिन खोजिएको सन्देश के हो भनी प्रश्न गरेका हुन्।
नयाँ वर्षको दिन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले यो व्यवस्था संकटमा परेको र अहिलेको व्यवस्था उल्ट्याउन खोजिएको बताएका थिए।
प्रधानमन्त्रीले यस्ता विषय संसदमा जानकारी गराउनुपर्नेमा उनले जोठड दिए। उनले भने, ‘यो सार्वभौम संसद चलिरहेका बेलामा प्रधानमन्त्रीले यो व्यवस्थामाथि संकट आएको हो भने सदनमा आउनुपर्यो र सदनलाई जानकारी गराउनुपर्यो।’
प्रकाशित मिति: १३:५२ बजे, आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









