Kathmandu Press

कोरोनाका कारण चितवनमा एक जनाको मृत्यु

कार्यालयका प्रमुख दुर्गा चापागाईँका अनुसार निमोनियाका कारण चितवन मेडिकल कलेजमा उपचाररत उहाँलाई चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सङक्रमणका कारण उनको शनिबार मृत्यु भएको हो।
कोरोनाका कारण चितवनमा एक जनाको मृत्यु

चितवन, वैशाख ३ : जिल्लामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ कार्यालय चितवनले जनाएको छ। 

कार्यालयका प्रमुख दुर्गा चापागाईँका अनुसार निमोनियाका कारण चितवन मेडिकल कलेजमा उपचाररत उहाँलाई चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सङक्रमणका कारण उनको शनिबार मृत्यु भएको हो।

जिल्लामा अहिले दशजना सक्रिय सङ्क्रमित छन्। कार्यालयको तथ्याङ्क अनुसार भरतपुर महानगरपालिकामा आठ, रत्ननगर र कालिका नगरपालिकामा एकएक रहेका छन्। सङ्क्रमित सबै होम आइसोलेशनमा छन्।

प्रकाशित मिति: १३:४० बजे, आइतबार, वैशाख ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्