Kathmandu Press

सुदूरपश्चिममा कोरोना संक्रमण उकालो लाग्दै

गतको बिहीबार एकै दिन ३६ जनामा संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण बढेसँगै सक्रिय संक्रमित पनि बढेका छन्। भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको हो ।
सुदूरपश्चिममा कोरोना संक्रमण उकालो लाग्दै

धनगढी, वैशाख ३ : सुदूरपश्चिम प्रदेशमा केही सातादेखि कोरोनाको संक्रमण निरन्तर बढ्न थालेको छ।

स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो ११ दिनमा प्रदेशमा दुई सय २३ जनामा संक्रमण पुष्टि भएको छ। यो अवधिमा पिसिआर र एन्टिजेनबाट सात हजार ८४ जनाको नमूना परीक्षण गरिएको छ।

संक्रमण बढेसँगै मृत्युदर पनि बढ्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ। आइतबार बिहान मात्र सेती प्रादेशिक अस्पतालमा उपचार गराइएकी एक महिलाको कोरोनाबाट मृत्यु भएको छ।

गतको बिहीबार एकै दिन ३६ जनामा संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण बढेसँगै सक्रिय संक्रमित पनि बढेका छन्। भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको हो ।

सीमानाका हुँदै भारतबाट भित्रिने बढी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिने गरेको छ। कोरोना बढ्दै गए पनि तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले यो रोगको संक्रमण बढ्न सक्ने जोखिम देखिएको स्वास्थ्यकर्मीको भनाइ छ।

सर्वसाधारणबाट तोकिएको मास्क प्रयोग नगरी जथाभावीरूपमा हिँड्ने, एकापसमा सामाजिक दूरी कायम नगर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कमी–कमजोरी देखिएको छ।

सेती प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख रमेश शाहीले कोरोना संक्रमण अझै बढ्न सक्ने बताए।

सीमाक्षेत्र हुँदै भित्रिने सङ्क्रमित नागरिकको हकमा निजकै घरठेगाना भएको पालिका तहलाई सीमाक्षेत्रमा सञ्चालित ‘हेल्थ डेस्क’मार्फत समन्वय गरेर जानकारी गराउने गरिएको छ। तर पालिका तहले संक्रमण रोकथामका लागि पहल गरे÷नगरेको जानकारी नभएको स्वास्थ्यकर्मीले बताएका छन् ।

कोरानाको सङ्क्रमण बढ्न थालेपछि कोरोना भाइरसविरुद्धको बुस्टर डोज स्वास्थ्य संस्थामार्फत लगाउन थालिएको छ।

सरकारले कोभिड–१९ विरुद्धको पूर्ण मात्राको खोप लगाएको तीन महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिलाई पहिलो मात्रा बुस्टर खोप र यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको छ महिना पूरा भएका व्यक्तिलाई दोस्रो बुस्टर मात्रा खोप दिन लागिएको छ।

प्रकाशित मिति: ११:३४ बजे, आइतबार, वैशाख ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्