पहिलो जस्तै नतिजा आए चितवन २ मा पुनः उपनिर्वाचन हुन्छ : नेता भट्टराई
लामिछानेका समर्थकहरु असहिष्णु हुँदै गएको भन्दै भट्टराइले यस्ता प्रवृतिको काँधमा चढेर हिँडेको ब्यक्तिबाट कस्तो मुलुक र समाजको परिकल्पना गर्ने भन्दै नेता भट्टराईले प्रश्न गरे।
काठमाडाैं, वैशाख २ : एमाले सचिव योगेश भट्टराईले चितवन २मा पहिलाको जस्तै नतिजा आए फेरि उपनिर्वाचन हुने बताएका छन्। प्रेस चौतारी नेपालले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलन नेता भट्टराईले रास्वपा रवि लामिछाने विजयी भए फेरि उपनिर्वाचन हुने बताए।
मंसिर ४ मा भएको निर्वाचनमा चितवन २मा लामिछाने विजयी भएका थिए। नारिकता विवादमा उनी पदमुक्त भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो। पासपोर्टसम्बन्धी मुद्दा अझे बाँकी नै रहेकाले रवि निवार्चित भए चितवन २मा फेरि उपनिर्वाचत हुने सम्भावना कायमै छ।
पत्रकार सम्मेलन नेता भट्टराईले भने, ‘अहिले पनि चितवन २ मा विगतको जस्तो नतिजा आए, दोस्रोपटक उपचुनाव हुन्छ ।’ जनतालाई दुःख दिने काम गर्न नहुने बताउँदै उनले आफ्ना कागजात ठिकसँग नराखी लामिछानेले समाजलाई ढाँटेको बताए।
नेता भट्टराईले मंसिर ४ मा भएको गल्तीलाई जनताले वैशाख १० मा सच्चाउनुपर्ने बताए। उनले चितवन २ मा एकीकृत समाजवादी र माओवादीको आफ्नो उम्मेदवार नभएकाले एमालेका रामप्रसाद न्यौपानेलाई सहयोग गर्न आग्रह गरे।
लामिछानेका समर्थकहरु असहिष्णु हुँदै गएको भन्दै भट्टराइले यस्ता प्रवृतिको काँधमा चढेर हिँडेको ब्यक्तिबाट कस्तो मुलुक र समाजको परिकल्पना गर्ने भन्दै नेता भट्टराईले प्रश्न गरे।

-1784896419.png)









