Kathmandu Press

सेती अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

कोरोना संक्रमणका कारण कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया एक महिलाको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो।
सेती अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

धनगढी, वैशाख ३ : सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमणबाट एक जना महिनाको मृत्यु भएको छ। ्

कोरोना संक्रमणका कारण कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया एक महिलाको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो।

आइसीयूमा उपचाररत उनको बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनमा चैत  २६ गते कोरोना पुष्टि भएको थियो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले मुटुरोगबाट पीडित काेराेना पोजेटिभ देखिएपछि कोभिड वार्डको आइसीयूमा भर्ना गरिएको थियो।

प्रकाशित मिति: १०:०६ बजे, आइतबार, वैशाख ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्