Kathmandu Press

प्रतिनिधिसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ? 

संघीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । 
प्रतिनिधिसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ? 

काठमाडौं, बैशाख ३ : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । 

संघीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । 

आजको बैठकमा राष्ट्रियसभाबाट सन्देशसँगै प्राप्त भएको ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । 

अन्य दुई विधेयक र एक शोक प्रस्ताव पनि आजको बैठकमा पेस हुनेछ ।  

प्रकाशित मिति: ०७:५९ बजे, आइतबार, वैशाख ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्