Kathmandu Press

आईपीएल क्रिकेटमा लखनउलाई पञ्जाबले २ विकेटले हरायो

लखनउले दिएको १ सय ६० रनको लक्ष्य पञ्जाबले १९ ओभर ३ बलमा ८ विकेट गुमाएर भेट्टायो । पञ्जाबका सिकन्दर राजाले ५७ रनको अर्धशतकीय पारी खेले । माथ्यु सर्ट ३४ र हर्पित सिंह २२ रनमा आउट भए । शाहरुख खान २३ रनमा अविजित रहे ।
आईपीएल क्रिकेटमा लखनउलाई पञ्जाबले २ विकेटले हरायो

काठमाडौं, बैशाख ३ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सलाई पञ्जाब किङ्सले २ विकेटले हराएको छ । गएराति लखनउको घरेलु मैदानमा पञ्जाबले रोमाञ्चक जित निकालेको हो । पञ्जाबको यो तेस्रो जित हो ।

लखनउले दिएको १ सय ६० रनको लक्ष्य पञ्जाबले १९ ओभर ३ बलमा ८ विकेट गुमाएर भेट्टायो । पञ्जाबका सिकन्दर राजाले ५७ रनको अर्धशतकीय पारी खेले । माथ्यु सर्ट ३४ र हर्पित सिंह २२ रनमा आउट भए । शाहरुख खान २३ रनमा अविजित रहे ।

लखनउका मार्क उड, रवि बिस्नोई र युधभिर सिंहले समान दुईरदुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । लखनउका कप्तान केएल राहुलले अर्धशतक ७४ रन बनाए । पञ्जाबका साम करणले ३ तथा कागिसो राबडाले २ विकेट लिए ।

पञ्जाबले ५ खेलमा ६ अङ्क जोडेको छ । पञ्जाब अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलमा ६ अङ्क नै रहेको लखनउ दोस्रो स्थानमा छ । हिजो भएको पहिलो खेलमा रोयल च्यालेञ्जर्स बेङ्लोरले दिल्ली क्यापिटल्सलाई २३ रनले हराएको थियो । 

प्रकाशित मिति: ०७:०७ बजे, आइतबार, वैशाख ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्