Kathmandu Press

तनहुँको समृद्धिका लागि भट्टराईलाई मत दिन अपिल

जिल्लाको विकास, समृद्धि र राष्ट्रलाई स्थायित्व, सुशासन र सदाचार स्थापना गर्न लोकतान्त्रिक वाम गठवन्धनका साझा उम्मेदवार भट्टराईलाई जिताउनुको विकल्प नभएको गठबन्धनमा आबद्ध दलहरूको बैठकले जनाएको छ।
तनहुँको समृद्धिका लागि भट्टराईलाई मत दिन अपिल

तनहुँ, वैशाख २ : तनहुँ क्षेत्र नं. १ का उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन वाम लोकतान्त्रिक गठबन्धनले अपिल गरेको छ।

जिल्लाको विकास, समृद्धि र राष्ट्रलाई स्थायित्व, सुशासन र सदाचार स्थापना गर्न लोकतान्त्रिक वाम गठवन्धनका साझा उम्मेदवार भट्टराईलाई जिताउनुको विकल्प नभएको गठबन्धनमा आबद्ध दलहरूको बैठकले जनाएको छ।

नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आले, नेकपा माओवादी केन्द्रका ओमराज आले, नेकपा एकीकृत समाजवादीका मनुमाया श्रेष्ठ र जनता समाजवादी पार्टीका अर्जुन गुरूङद्वारा संयुक्त रूपमा प्रकाशित विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत बनाउन पनि भट्टराईलाई जिताउनुपर्ने उल्लेख छ।

सात दशक भन्दा लामो नेपाली जनताको संघर्ष र बलिदानले स्थापित भएको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा, स्थायित्व र विस्तृत शान्ति प्रक्रिया एवम् संक्रमणकालिन न्याय लगायत पूरा गर्न भट्टराईलाई मत दिएर जिताउन विज्ञप्तिमा भनिएको छ।

नेपाली जनताको समृद्धिको लागि वर्तमान बाम लोकतान्त्रिक गठवन्धन दलहरू एक आपसमा राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्न एकता भएर अगाडि बढ्ने केन्द्रीय नीतिअनुसार बैसाख १० गतेको निर्वाचनको लागि भट्टराईलाई लिएर आएको अपीलमा उल्लेख छ । भट्टराई लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलनमा होमिएको, विद्यार्थी आन्दोलनले खारिएको एक सशक्त योद्धा भट्टराई भएकाले विजयी गराउन सबै मतदाता समक्ष आग्रह गरिएको छ।

बजारमा विभिन्न हल्ला र अफवाह भइरहेको बेला गठवन्धनले संयुक्त विज्ञप्ति मार्फत क्षणिक आवेग, लोभ र प्रलोभनमा नपरी यथार्थ धरातलमा उभिएर तनहुँ जिल्लाको विकास र समृद्धिका लागि भट्टराईलाई मतदान गर्न आव्हान गरेसँगै चुनावमा सहज ठानिएको बताइएको छ।

यसैबीच हाल गठबन्धनका नेताहरु भट्टराईलाई विजयी गराउन एकढिक्का भएर स्थानीयस्तरमा प्रचार–प्रसारमा सक्रिय भएका छन् । माओवादी केन्द्रका नेता हरिबहादुर चुमानदेखि नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य किसान श्रेष्ठ तथा प्रतापलाल श्रेष्ठसम्म सक्रिय भएर लागेका छन् । स्थानीय कमिटी परिचालनका लागि माओवादी केन्द्र महासचिव देव गुरुंग पनि तनहुँ आउँदैछन्।

यस क्षेत्रबाट यसअघि विजयी नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य किसान श्रेष्ठ पनि चुनावी माहोल बनाउन दमौली आउने भएका छन्।

प्रकाशित मिति: १९:४६ बजे, शनिबार, वैशाख २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्