Kathmandu Press

एनपी साउद परराष्ट्रमन्त्री बन्दै

प्रधानमन्त्री दाहालले साउदको नाम सपथका लागि राष्ट्रपति कार्यालयलाई पठाइसकेको र आइतबार ३ बजे शपथको कार्यक्रम तय भएको बताइएको छ।
एनपी साउद परराष्ट्रमन्त्री बन्दै

काठमाडौं, वैशाख २ : नेपाली कांग्रेसका नेता एनपी साउदलाई परराष्ट्र मन्त्री बन्ने भएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री दाहालले साउदको नाम सपथका लागि राष्ट्रपति कार्यालयलाई पठाइसकेको र आइतबार ३ बजे शपथको कार्यक्रम तय भएको बताइएको छ।

स्रोतका अनुसार कांग्रेसले बाँकी मन्त्रीको नाम भने बैशाख १० को उपनिर्वाचनपछि पठाउने भएको छ । सत्ता गठबन्धनको भागबन्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो ।

यसअघि कांग्रेसबाट उपप्रधान एवम् रक्षा मन्त्रीमा पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत अर्थमन्त्री, सीता गुरूङ सहरी विकास मन्त्री र रमेश रिजाल उद्योगमन्त्री बनिसकेका छन्।
 

 

प्रकाशित मिति: १८:५५ बजे, शनिबार, वैशाख २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्