Kathmandu Press

रौतहटमा गोली चल्याे, एककाे मृत्यु, तीन घाइते

गढीमाई नगरपालिका–८ धोबिनियामा भएको सो घटनामा गोली लागेर एक जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन्।
रौतहटमा गोली चल्याे, एककाे मृत्यु, तीन घाइते

रौतहट, वैशाख २ : रौतहटको गढीमाईमा बन्दै गरेको बाटोमा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको छ।

गढीमाई नगरपालिका–८ धोबिनियामा भएको सो घटनामा गोली लागेर एक जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन्।

गोली लागेर मृत्यु हुनेमा स्थानीय राजकुमार राय यादव रहेको प्रहरीको भनाइ छ। गोली लागेका उनलाई उपचारका लागि वीरगन्ज लाँदालाँदै बाटोमै मृत्यु भएकोहो। गोली कसले चलायो भन्ने खुल्न बाँकी रहेको प्रहरीले बताएको छ। गोली १२ बोरको बन्दुकबाट प्रहार भएको प्रहरीले बताएको छ। 

घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिइएको छ। घटनामा प्रयोग भएको १२ बोरको हतियार प्रहरीले बरामद गरेको र घटनाको अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित मिति: १८:३६ बजे, शनिबार, वैशाख २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्