आख्यानकार मिश्रको म र ‘म’ कृति लोकार्पण
समालोचक डा. ज्ञानु पाण्डे, पूर्वसचिव खेमराज नेपाल, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र डा सुशान्त गुरुङले शनिबार काठमाडाैंमा आयोजित कार्यक्रममा उक्त कृति सार्वजनिक गरेका हुन्।
काठमाडाैं, वैशाख २ : आख्यानकार नितिन मिश्रको म र ‘म’ नामक कृति लोकार्पण गरिएको छ।
समालोचक डा. ज्ञानु पाण्डे, पूर्वसचिव खेमराज नेपाल, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र डा सुशान्त गुरुङले शनिबार काठमाडाैंमा आयोजित कार्यक्रममा उक्त कृति सार्वजनिक गरेका हुन्।
अटेर र जबर्जस्ती मभन्दा समाजको आत्मबोध गर्ने म बलियो हो भन्ने पुष्ट्याइ गर्ने हेतुले लेखिएको कृतिमा वर्तमान, अतित हुँदै वर्तमानमै फर्किँका घटना समावेश गरिएका छन्।
सो अवसरमा समालोचक पाण्डेले व्यक्ति विशेषमा रहेको मपाइत्वको ‘म’ र हृदयभित्र चेतना बोकेको मबीचको द्वन्द्वका विषयलाई केन्द्रमा राखेर लिएको पुस्तक मिठास शब्दसहित सरल भाषामा लेखिएकाले ज्ञानवद्र्धक रहेको बताए।
सत्र भागमा विभाजित पुस्तकमा जीवन, प्रेम, धर्म, परिवार र गृहस्थितलगायतका विषयवस्तु समेटिएको पुस्तकमा यात्रालगायतका क्रममा विपरीत लिङ्गसँगको आकर्षणसम्बन्धी घटनाले नेपाली समाजलाई चुनौती खडा गरे पनि पुस्तक अध्ययनलाई रोचक बनाएको समालोचक पाण्डेले उल्लेख गरे।
लेखक मिश्रले आफूप्रतिको इमान्दार मलाई उजागर गर्ने हेतुले आख्यानका माध्यमबाट कृति तयार गरेको बताए। बुलबुल पब्लिकेशन प्रालि प्रकाशक मूल्य तीन सय ५० रहेको पुस्तक २६२ पृष्ठको छ।