Kathmandu Press

संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा सञ्चार क्षेत्रकाे ठुलो योगदान : कांग्रेस नेता केसी

उपत्यका राष्ट्रिय दैनिक, दिशानिर्देश  राष्ट्रिय साप्ताहिक र दिशानिर्देश प्रेस क्लबको २०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले अदालतको फैसला कार्यान्वयन, लोकतन्त्र सुदृढीकरण र  प्रेस स्वतन्त्रताको रक्षा गर्नु राष्ट्रिय दायित्व भएको उल्लेख गरे।
संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा सञ्चार क्षेत्रकाे ठुलो योगदान : कांग्रेस नेता केसी

काठमाडाैं, वैशाख २ : कांग्रेस नेता अर्जुननरसिंह केसीले संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा सञ्चार क्षेत्रकाे ठुलो योगदान रहेको बताएका छन्।

उपत्यका राष्ट्रिय दैनिक, दिशानिर्देश  राष्ट्रिय साप्ताहिक र दिशानिर्देश प्रेस क्लबको २०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले अदालतको फैसला कार्यान्वयन, लोकतन्त्र सुदृढीकरण र  प्रेस स्वतन्त्रताको रक्षा गर्नु राष्ट्रिय दायित्व भएको उल्लेख गरे।

नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले राष्ट्रियता, संविधान र लोकतन्त्रको पक्षमा जनमत तयार गर्ने विषयमा सञ्चार क्षेत्रको प्रभावकारी भूमिका आवश्यक रहेको बताए उनले भने, 'संविधानले वाक स्वतन्त्रता र सूचनाको हकको पूर्ण प्रत्याभूति गरेको हुँदा प्रेस जगत्ले सही सूचना ढुक्क भएर दिन सक्नुपर्छ।'

नेकपा मालेका महासचिव सिपी मैनालीले राष्ट्रहित, जनता र समृद्धिका लागि निष्पक्ष भएर काम गर्न सञ्चार जगत्लाई सुझाव दिए। उनले भने, 'आवाज  कमजोर भएका नागरिक र स्रोतसाधन नभएका सञ्चारगृहलाई हामीले बढी सहयोग गर्नुपर्छ।' जनता समाजवादी पार्टीका नेता हरिनारायण यादवले पत्रकारले निर्भिक भएर काम गर्ने वातावरण नभएपछि लोकतन्त्रको मापन कसरी सुदृढ हुन सक्छ भनी प्रश्न गरे।
 
पूर्वमहान्यायाधिवक्ता महादेव यादव, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, दिशानिर्देश क्लबका संस्थापक जेपी गुप्तालगायत वक्ताले राष्ट्र र जनहितमा काम गर्ने क्रममा जति चुनौती आए पनि प्रेसले आफ्नो व्यावसायिक धर्म, नैतिकता, इमान्दारिता त्याग्न नहुुने बताए। उहाँहरूले राज्यलाई जवाफदेही र सत्यलाई उजागर गर्ने कार्यमा नेपाली प्रेसले महत्वपूर्ण योगदान रहेको उल्लेख गरे। 

सो अवसरमा राजनीति र ज्योतिष विधामा महत्वपूर्ण योगदान दिने पूर्व शिक्षामन्त्री अर्जुननरसिंह केसी र ज्योतिष लालमणि खनाललाई सम्मान गरिएको थियो।

प्रकाशित मिति: १८:०८ बजे, शनिबार, वैशाख २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्