कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सेटिङबाट चलिरहेका छन् : केसी
जनमोर्चाले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियता रक्षाको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा केसीले नागरिकता नभएकै व्यक्तिलाई निर्वाचन लड्न लडाउने र उपप्रधानमन्त्री बनाउने काम भएकाले कार्यपालिका, व्यवस्थापिका र न्यापालिका सेटिङबाट चलिरहेको पुष्टि भएको बताएका हुन्।
काठमाडाैं, वैशाख २ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा कार्यपालिका, व्यवस्थापिका र न्यापालिका सेटिङबाट चलिरहेको आरोप लगाएका छन्।
जनमोर्चाले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियता रक्षाको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा केसीले नागरिकता नभएकै व्यक्तिलाई निर्वाचन लड्न लडाउने र उपप्रधानमन्त्री बनाउने काम भएकाले कार्यपालिका, व्यवस्थापिका र न्यापालिका सेटिङबाट चलिरहेको पुष्टि भएको बताएका हुन्।
उनले अहिले मुलुकको राष्ट्रियतामाथि नै विषम परिस्थिति आउँदा राष्ट्रिय जनमोर्चा मात्रै लडिरहेको जिकिर गरे। केसीले स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई विदेशबाट सञ्चालिन मान्छेको संज्ञा दिदै चितवनमा त्यस्ता मान्छेलाई भगवान मान्नु दुर्भाग्य भएको धारणा राखे।
लोकतन्त्र गणतन्त्र ल्याउनेहरुले नै मौका पाएपछि सत्ताको दुरुपयोग गरेको उनको भनाइ छ। केसीले पुराना दलका नेताहरुले राष्ट्रियतामाथि नै सौदाबाजी गरेका कारण बाध्य भएर बिकल्प खोज्न बाध्य भएको उल्लेख गरे। उनले संघीयताको विरोध गरेकै कारण जनमोर्चालाई आखाको कसिंगर बनाइएको बताए।

-1784896419.png)