संविधानको सफल कार्यान्वयनमा ध्यान केन्द्रित गर्नुपर्छ : निधि
कांग्रेस ओखलढुंगा काठमाडौं उपत्यका सम्पर्क समितिद्वारा शनिबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा निधिले अहिलेको संघीय गणतन्त्रात्मक प्रणालीलाई रक्षा गर्दै संविधानको सफल कार्यान्वयन गर्न ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन्।काठमाडौं, वैशाख २ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयनमा ध्यान केन्द्रित गर्नुपर्ने बताएको छ।
कांग्रेस ओखलढुंगा काठमाडौं उपत्यका सम्पर्क समितिद्वारा शनिबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा निधिले अहिलेको संघीय गणतन्त्रात्मक प्रणालीलाई रक्षा गर्दै संविधानको सफल कार्यान्वयन गर्न ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन्।
उनले आवश्यकताअनुसार संविधानलाई परिमार्जन गर्न सकिने भन्दै कसैले संविधान च्यात्न खोजे हतोत्साहित गर्नुपर्ने धारणा राखे। नेता निधिले संसदीय प्रणालीमा प्रधानमन्त्रीले चाहेका बेला संसद विघटन गरेर जनतामाझ जान पाउन भए पनि संविधानमा नै पाँच वर्ष सम्म संसद विघटन गर्न नपाउने व्यवस्था भएकाले राजनीतिका कारण नेताहरु निराश हुनुपर्ने अवस्था नरहेको धारणा राखे।
त्यस्तै उनले मुलुकको नेतृत्व गर्नेले प्राप्त उपलब्धिको रक्षाका साथै जनतालाई निराशाबाट मुक्त गराउनुपर्नेमा जोड दिए।

-1784896419.png)









