‘मुलुक संकटमा छ, सरकारले परिणाम दिने गरी काम गर्नुपर्छ’
नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने बताए।
काठमाडाैं, वैशाख २ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले परिणाम दिनेगरी काम गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने बताए।
उनले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय जनप्रनिनिधिले महाविपत्तिको बेलाजस्तो सोचेर काम गर्नुपर्ने बेला आएको उनले बताए।
उनले सरकारले ठीक ढंगले काम गर्न नसकेमा मुलुकको स्थिति बिग्रदै जाने पनि बताए ।उनले ‘पुरानो जति सडेगलेको र नयाँ जति राम्रो’ भन्ने भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।
‘अहिले पुरानो जति सडेगलेको, नयाँ जति राम्रो भन्ने भ्रमपूर्ण नाराका साथमा जुन खालको गिजोल्ने प्रयास नेपालको राजनीति र नेपाली समाजमा भइरहेको छ,’ उनले भने् ।

-1784896419.png)