वामपन्थी दल विभाजित हुँदा मुलुकमा विदेशी हस्तक्षेप बढेको छ : मुख्यमन्त्री गिरी
शनिबार बुटवलमा प्रेस चौतारी नेपाल रुपन्देहीको २४औं साधारणसभामा बोल्दै गिरीले वामपन्थी दलहरु विभाजित हुँदा राष्ट्रियता कमजोर भएको बताउँदै केही दल वामपन्थीको नाममा विदेशी शक्तिको स्वार्थमा लागेको आरोप लगाए।काठमाडाैं, वैशाख २ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकमा विदेशी हस्तक्षेप बढेको बताएका छन्।
शनिबार बुटवलमा प्रेस चौतारी नेपाल रुपन्देहीको २४औं साधारणसभामा बोल्दै गिरीले वामपन्थी दलहरु विभाजित हुँदा राष्ट्रियता कमजोर भएको बताउँदै केही दल वामपन्थीको नाममा विदेशी शक्तिको स्वार्थमा लागेको आरोप लगाए।
उनले देशमा राजनीतिक अस्थिरताका कारण जनताका समस्याहरु समाधान नहुदाँ संघीयताको नै औचित्य छैन भन्ने आवाज उठ्न थालेको धारणा राखे।
मुख्यमन्त्री गिरीले नेकपा एमाले नेतृत्वको सरकारले राष्ट्रियताको पक्षमा गरेका राम्रा कामको समेत उचित प्रचार नभएको गुनासो गर्दै मिडियाले राष्ट्रियताको पक्षमा दह्रो वकालत गरेर जनमत बनाउनुपर्नेमा जोड दिए।
गिरीले देशको राष्ट्रियता गुम्ने खतरा रहेको बताउदै पत्रकारहरुलाई अस्थिरताबाट फाइदा लिने शक्तिविरुद्ध पनि कलम चलाउन आग्रह गरे।