गाउँपालिकाका अध्यक्षको घरनजिकै भेटिएकाे बम सेनाद्वारा डिस्पोज
उनको सियारी–६ स्थित घरपछाडि सिमेन्टको बोराभित्र राखिएको बम शनिबार मध्याह्न १२ बजेतिर नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो।
बुटवल, वैशाख २ : रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरलाई लक्षित गरेर राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।
उनको सियारी–६ स्थित घरपछाडि सिमेन्टको बोराभित्र राखिएको बम शनिबार मध्याह्न १२ बजेतिर नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो।
घिमिरे कांग्रेस रुपन्देहीका उपसभापतिसमेत हुन्। शंकास्पद वस्तु देखेपछि अध्यक्ष घिमिरेले बिहान साढे ९ बजे प्रहरीलाई खबर गरेका थिए। प्रहरीसहित नेपाली सेनाको टोलीले उक्त बम मध्याह्न साढे १२ बजे डिस्पोज गरेको बताइएको छ।
तारजडित प्रेसर कुकरमा ‘खतरा’ पनि लेखेर टाँसिएको थियो। बम राखेको ठाउँमा मधेश पिपुल्स पार्टीको नाममा पर्चाहरु भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:३५ बजे, शनिबार, वैशाख २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









