Kathmandu Press

विदेशबाटै मतदानको व्यवस्था गरिन्छ : प्रधानमन्त्री

नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दहालले यसबाट लाखौं प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट बञ्चित हुनुनपर्ने बताए।
विदेशबाटै मतदानको व्यवस्था गरिन्छ : प्रधानमन्त्री
फाइल तस्बिर ।

काठमाडाैं, वैशाख २ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन्।

नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दहालले यसबाट लाखौं प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट बञ्चित हुनुनपर्ने बताए।

उनले विदेशमा रहेका नेपालीले पठाएको विप्रेषणबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँदै वैदेशिक रोजगारीको सुधारको लागि सरकारले धेरै काम गरिसकेको र अझै थप गर्ने उल्लेख गरे। ‘वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले विदेशी मुद्रा सञ्चिती ११ महिनालाई धान्ने अवस्थामा पुग्नु आफैंमा अर्थतन्त्र सुधारको सङ्केत हो,’ उनले भने।

प्रधानमन्त्री दाहालले सामाजिक सुरक्षा कोषमा प्रवासी नेपालीको आबद्धता श्रमिकको सुरक्षा भएको बताए। राज्यका सबै निकायलाई राम्रोसँग परिचालन गरेर राजस्वमा उल्लेख्य सुधार भएको उल्लेख गर्दै आफू प्रधानमन्त्री बनेपछि सार्वजनिक सहकारी र निजी क्षेत्रको समन्वयलाई अगाडि बढाउन र निजी क्षेत्रलाई आर्थिक विकास निर्माणमा परिचालन गर्न उनले जोड।

‘संविधान निर्माण गर्ने र देशलाई अहिलेको अवस्थामा ल्याउने प्रमुख शक्ति माओवादी हो। हामीलाई विकासको गति पैदा गर्ने र रोजगारी ग्यारेन्टी गर्ने चुनौति छ,’ उनले भने, ‘अर्थतन्त्रमा परेको अफ्ठ्यारो अहिलेको होइन, पहिले देखि नै हो। यसमा म आएपछि सुधार भइरहेको छ।’

नेपालको अर्थतन्त्रको समस्या समाधानका लागि तीन महिनामै सकारात्मक संकेत देखिएको उनको भनाइ छ। पछिल्ला दिनमा राजस्व संकलनमा उल्लेखित सुधार भएको जनउँदै उनले आफ्नै पहलमा ब्याज घट्ने क्रम सुरु भएको पनि बताए।

 

प्रकाशित मिति: ११:५४ बजे, शनिबार, वैशाख २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्