Kathmandu Press

जापनी प्रधानमन्त्रीलाई ‘स्मोक बम’ प्रहार

वाकायामामा आयोजित कार्यक्रममा सम्बोधनका क्रममा किशिदामाथि ‘स्मोक बम’ फ्याँकिएको बताइएको छ।
जापनी प्रधानमन्त्रीलाई ‘स्मोक बम’ प्रहार

टोकियो, वैशाख २ : जापानी प्रधानमन्त्री फुमिओ किशिदालाई लक्षित गरी आक्रमण भएको छ । शनिबार एक सार्वजनिक कार्यक्रममा हुने क्रममा प्रधानमन्त्री किशिदा लक्षित ‘स्मोक बम’ प्रहार भएको हो।

वाकायामामा आयोजित कार्यक्रममा सम्बोधनका क्रममा किशिदामाथि ‘स्मोक बम’ फ्याँकिएको बताइएको छ। प्रधानमन्त्री किशिदालाई तत्कालै त्यहाँबाट सुरक्षित रूपमा उद्धार गरिएको थियो ।

sss1681536295.jpg

घटनास्थलबाट एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । किशिदा यही महिना हुन लागेको उपचुनावमा लिबरल डेमोक्रेटिक पार्टीका उम्मेदवारलाई सघाउन वाकायामा पुगेका थिए।

 

प्रकाशित मिति: ११:०७ बजे, शनिबार, वैशाख २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्