Kathmandu Press

प्रहरी हवल्दारले गोली चलाउँदा वर्षमानकी आमा घाइते

उनको देब्रे खुट्टामा गोली लागेको छ । उनको अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रहरी हवल्दारले गोली चलाउँदा वर्षमानकी आमा घाइते

काठमाडौं, वैशाख २ : प्रहरी सहायक हवल्दार प्रकाश पुनले गोली चलाउँदा पूर्वमन्त्री वर्षमान पुनकी आमा तीर्थमाली पुन घाइते भएकी छन्।

उनको देब्रे खुट्टामा गोली लागेको छ । उनको अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रहरी सहायक हवल्दार प्रकाश पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पछुवा सुरक्षामा खटिएका व्यक्ति हुन्।

 उनी नातामा तीर्थमालीको नजिकका नाती पर्छन् । शुक्रबार राति भएको उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

असावधानीवश गोली पड्केको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरी स्रोतका अनुसार उनले मादक पदार्थ सेवन गरेका थिए । गोली चलेपछि उनी भागेका थिए । उनलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो।

 

प्रकाशित मिति: १०:५० बजे, शनिबार, वैशाख २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्