Kathmandu Press

सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

आइतबार कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा वर्षाको सम्भावना छ भने तराईका केही ठाउँमा हावा-हुरीको सम्भावना छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं, वैशाख २ : आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षको सम्भावना छ। सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज मौसम सामान्यदेखि आंशिकरुपमा बदली भएको छ। स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम बदली भएको हो।

आइतबार कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा वर्षाको सम्भावना छ भने तराईका केही ठाउँमा हावा-हुरीको सम्भावना छ।

सोमबार पनि मौसम बदली भइ पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित हल्का हुने महाशाखाले जनाएकाे छ।

प्रकाशित मिति: ०७:४८ बजे, शनिबार, वैशाख २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्