Kathmandu Press

प्रतिमा र प्रविणको स्वरमा 'माया लाइसक्यो'

प्रतिमा र प्रविणको स्वरमा 'माया लाइसक्यो'

काठमाडाैं, वैशाख २ : प्रतिमा केसी र प्रविण बेडवालको स्वरमा रहेको गीत 'माया लाइसक्यो-२' सार्वजनिक भएको छ। 'माया लाइसक्यो'को सफलतापछि प्रतिमा र प्रविणले 'माया लाइसक्यो-२' बजारमा ल्याएका हुन्।

गीत नयाँ वर्षको अवसरमा गायक बेडवालकै अफिसिय युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

सिएल शर्माको शब्द र संगीत रहेको गीतमा प्रतिमा र प्रविणलाई कोरसमा स्मृति शाही र दिया पोखरेलले साथ दिएका छन्।

गीतलाई सञ्जिब बराइलीले एरेन्ज गरेका छन् भने मक्सिङ किशोर थापाले गरेका छन्।

मिराज अर्यालले निर्देशन गरेको भिडियोमा गायक बेडवालसँगै सञ्जिता खतिवडा, प्रेम भण्डारी, स्वस्तिका श्रेष्ठ, जय बिक, आशिष अर्याल, राजेश देवल र भरत कँडेललाई देख्न सकिन्छ ।

प्रकाशित मिति: ०८:१७ बजे, शनिबार, वैशाख २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्