साकेला नाचेर प्रदेश नामकरणको विरोध
साकेला नाच्ने क्रममा उनीहरूले बजाउने विभिन्न बाजामा ‘कोशी प्रदेश मुर्दावाद, किरात प्रदेश जिन्दावाद’ जस्ता नारा लेखिएका ब्यानर टासिएका थिए ।
खोटाङ, वैशाख १ : खोटाङमा साकेला नाच्दै कोशी प्रदेशको नामकरणको विरोध गरिएको छ।
खोटेहाङ गाउँपालिकाको रोक्सिङ भन्ज्याङमा स्थानीयले साकेला नाचेर कोशी प्रदेश खारेज गरी किरात प्रदेश नामांकन गर्नुपर्ने माग गरेका हुन्।
प्रदेश १ पुनःनामकरणका लागि संयुक्त संघर्ष समितिले आयोजना गरेको साकेला नाच मार्फत् उनीहरूले प्रदर्शनसमेत गरेका हुन्।
कार्यक्रममा तीन हजारबढी सहभागी थिए । साकेला नाच्ने क्रममा उनीहरूले बजाउने विभिन्न बाजामा ‘कोशी प्रदेश मुर्दावाद, किरात प्रदेश जिन्दावाद’ जस्ता नारा लेखिएका ब्यानर टासिएका थिए ।
किरात प्रदेश नभइन्जेलसम्म गाउँ–गाउँसम्म आन्दोलन चर्काउने पनि उनले बताए। कोसी प्रदेशको पक्षमा मतदान गर्ने प्रदेश सांसदहरुलाई लक्षित गरी गाउँ–गाउँमा सचेतना कार्यक्रम आयोजना सुरु गरिएको पनि नाराथुङेले बताए।
प्रकाशित मिति: २०:३९ बजे, शुक्रबार, वैशाख १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









