Kathmandu Press

पोखरामा ‘उर्वशी सूक्त’काे मञ्चन

उनका अनुसार सोमबार बाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ। शनिबार अतिरिक्त दिउँसो १ बजे पनि प्रदर्शन गरिने छ भने विद्यार्थीलाई लक्षित गरेर सोमबार दिउँसो २ बजे नाटक मञ्चन हुनेछ।
पोखरामा ‘उर्वशी सूक्त’काे मञ्चन

कास्की, वैशाख १ : पोखरामा आजदेखि नारी शक्तिलाई केन्द्रमा राखी तयार गरिएको नाटक ‘उर्वशी सूक्त’ पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन सुरु भएको छ। पोखरा थिएटरको गन्धर्व नाटकघरमा वैशाख ११ गतेसम्म मञ्चन हुने थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए।

उनका अनुसार सोमबार बाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ। शनिबार अतिरिक्त दिउँसो १ बजे पनि प्रदर्शन गरिने छ भने विद्यार्थीलाई लक्षित गरेर सोमबार दिउँसो २ बजे नाटक मञ्चन हुनेछ।

Hardik ivf

शिव संकल्पको लेखन तथा निर्देशन रहेको नाटकमा दीलप्रसाद गुरुङ, शिव संकल्प, रोशन आस्तिक, सुशिल बराल, रोशन पोख्रेल, रमेश बाबु तिमल्सिना, दीप्सना विश्वकर्मा, रञ्जु दाहाल, एलिजा बुढाथोकी, धनकाजी श्रेष्ठ, अनुषा परियार, प्रियङ्का खड्का, राजेन्द्र अधिकारी, प्रतिक घिमिरेले अभियन गरेका छन्। नाटकमा मिलन गिरी, देवेन्द्र ढकाल विवेक, खेम लामाको प्रत्यक्ष संगीत रहेको छ ।

झण्डै डेढ घण्टा अवधिको नाटक हेर्न सर्वसाधरणले पाँच सय र तीन सयको टिकट काट्नुपर्ने छ भने विद्यार्थीका लागि रु दुई सयको टिकटको व्यवस्था मिलाइएको छ।

प्रकाशित मिति: २०:१५ बजे, शुक्रबार, वैशाख १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्